Logo

देउवामाथि थपियो दबाब, सुदूरपश्चिममा पनि काग्रेसको कमजोर प्रदर्शन



२४ मंसिर, काठमाण्डौ । नेपाल प्रहरीको प्रमुखमा आफ्नै क्षेत्र सुदूरपश्चिमका जयबहादुर चन्दलाई नै बनाउनुपर्छ भनेर अडान लिए । सुदूरपश्चिम मोह भएका डडेलधुराबासी प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सुदुरपश्चिमबाट निराशा बेहोर्नुप¥यो ।

सुदूरपश्चिमको विकासमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै आएका देउवाले त्यस क्षेत्रको डडेलधुराबाट आफूले चुनाव त जिते तर कांग्रेसका अरु कुनै उम्मेदवारलाई जिताउन सकेनन् ।

कांग्रेसका प्रभावशाली नेता मानिएका रमेश लेखकदेखि देउवापत्नी आरजुले समेत चुनाव हार्ने निश्चित भइसकेको छ । अर्का नेता एनपि साउदले पनि चुनाव हार्ने भएका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका रमेश लेखक दिपकप्रसाद भट्टभन्दा पछाडि परेका छन् । यद्यपी मत अन्तर धेरै नभएकाले अहिले नै कसले हार्छ भन्ने निश्चित छैन ।

केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री नारायणप्रसाद (एनपी) साउँदले कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थिए । वाम गठबन्धनका नरबहादुर धामीसँग साउदले चुनाव हार्ने निश्चित जस्तै भएको छ ।

देउवापत्नी आरजुले पनि एकालेका नारदमुनी रानासँग हार्ने निश्चित भइसकेको छ ।
डोटी जिल्लाबाट चुनाव लडेका अर्का कांग्रेस नेता वीरवहादुर बलायर पनि पराजित हुने देखिएको छ । प्रतिस्पर्धी प्रेमबहादुर आलेभन्दा बलायर करिब १ हजार मतले पछाडि परेका छन् ।



प्रतिक्रिया दिनुहोस्