Logo

विजयी सबैलाई बधाई दिदै रामचन्द्र पौडेलले भने, “कांग्रेसले आफू हारेर पनि लोकतन्त्रको रक्षा ग¥यो”



२४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेताले चुनाव हारे लगत्तै एक विज्ञप्ती जारी गरेर विजयी उम्मेदवाहरुलाई बधाई दिएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पौडेलले चुनावी नतिजा सार्वजनिक भएलगत्तै पत्रकार सम्मेलन गरेर आफूलाई सहयोग गर्ने, सद्भाव राख्ने सबैलाई आभार व्यक्त गरेका छन् ।

साथै पौडेलले नेपाली कांग्रेसले आफू हारेर पनि संविधान कार्यान्वयन र लोकतन्त्र स्थापित गर्नका लागि भूमिका खेलेको उल्लेख गरेका छन् ।
पौडेलद्धारा विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको रक्षा गर्ने र संघीय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्ने तथा गाउमा नै बसौँ बसौँ बनाउने आफ्नो परिकल्पना, योजना र सपनालाई सकारा पार्न मेरो जीवन सदैव समर्पित रहिरहने छु ।”

पौडेलले आफू जनताकै माझमा रहिरने प्रतिवद्धता व्यक्त गर्दै जनताको सेवामा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चुनावी नतिजापछिको पत्रकार सम्मेलनमा तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारीसहित प्रदेश सभाका लागि उम्मेदवार बनेका तनहुँ कांग्रेसका सबै उम्मेदवार सहभागि थिए ।



प्रतिक्रिया दिनुहोस्