Logo

शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने –(पूरा भिडियोसहित)



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी उम्मेद्धवार प्रकाशमान सिंहले यो निर्वाचनमा पार्टीले पराजय भोग्नुको विभिन्न कारणहरुको खुलासा गरेका छन् ।

पत्रकार ऋषि धमलासँग हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुरा गर्दै उनले पार्टी हार्नुको कारणहरुको सनसनीपूर्ण खुलासामात्रै गरेनन । उनले पार्टी सभपाति शेरबहादुर देउवाको बारेमा समेत विशेष कमेन्ट गर्न भ्याए । उनले भने,“पार्टी किन हार्यो ? भन्नुहन्छ भने हामी हार्नुमा कारण छ, १३ औं महाधिवेशनमा नेतृत्व परिवर्तन जुन किसिमले भयो, संगठनहरुलाई राम्रोसँग परिचालन गर्न नसक्नु, पार्टीलाई नेतृत्वले संस्थागत रुपमा नचलाएको हो, जनभावना अनुसार सरकारमामा काम गर्न नसक्नु नै प्रमुख कारण हुन् ।”

जनताले कांग्रेसलाई सुध्रिनको लागि अहिलेको जनमत दिएको पनि उनको भनाई थियो । उनले आफूमा हिम्मत भएकोले नै राजनीतिमा यतिका चार दशकसम्म टिकिरहेको भन्दै पाार्टी नेतृत्वलाई चूनौति दिन सक्ने ठोकुवा गरे । उनले थपे,“हिम्मतवालाहरु नै राजनीतिमा लाग्ने हो । मेरो पनि ४०/४५ वर्षको योगदान छ, त्यसैले म टिकिरहेको छु ।”

उनले अब पार्टीभित्र सुधार आवश्यक रहेको समेत औंल्याए । सिंहले थपे,“संस्थापक विपी, गणेशमानजी, कृष्णप्रसाद भटराई, सुर्वण शमशेरहरुले अघि सारेको प्रजातान्त्रिक मुल्य र मान्यतामा आधारित नीति बनाएर अघि बढाउनुपर्छ।” उनले नेपाली कांग्रेसको लामो ईतिहाँस भएको उल्लेख गर्दै थपे,“ईतिहाँस भएकोहरुले नै ईतिहाँसको कुरा गर्ने हा्े, भर्खरै जन्मिएकोहरुले के को यस्तो कुरा गर्ने हो ?”

पत्रकार धमलाले यो निर्वाचना कांग्रेसको पराजयसँग कांग्रेस अब असफल भयो नि भनेर सोधेको प्रश्नमा उनले आक्रोश पोख्दै भने,“कहाँबाट असफल भयो भन्या, एउटा निर्वाचनको परिणामले परमानेन्ट सेट ब्याक होईन, हामी जनताले जे निर्देशन दिनुहुन्छ, त्यो मान्छौं।” उनले ०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले हार व्यहोर्दा पत्रकारहरुले आफूहरुलाई कांग्रेसको कन्तविजोग भयो भनेर प्रश्न सोधेको स्मरण गर्दै भने,“तपाईहरुले हामीलाई त्यतिवेला चुनाव हार्दा कन्तबिजोग भनेर भन्नुभएको थियो नि, खोई ? भयो त? प्रथम संविधानसभा, राजनीति सोचे अनुसार हुन्छ र ?”

उनले जनताको ढुकढुकीलाई जुन पार्टीले अँगाल्छ ती पार्टीहरुको विजयी हुने समेत बताए ।

 



प्रतिक्रिया दिनुहोस्