Logo

चिकित्सा विज्ञान तथा प्रयोगशाला सम्बन्धी दोस्रो बृहत् प्रदर्शनी राजधानीमा हुने



२५ मंसिर, काठमाण्डौ । चिकित्सा विज्ञान तथा प्रयोगशाला सम्बन्धी दोस्रो बृहत् प्रदर्शनी राजधानीमा हुने भएको छ । आईतबार पत्रकार सम्मेलनमार्फत मंसिर २८ गतेदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।

सर्जिकल म्यानुफ्याक्चर एन्ड ट्रेडर्स एसोसिएसन र एसडी प्रोमो मिडिया प्रालि भारतले केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालसँगको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

चिकित्सा विज्ञान र प्रयोगशालाका विषयमा बृहत् जानकारी दिन प्रदर्शनीको आयोजना गर्न लागिएको हो । मेडिकल सर्जिकल क्षेत्रका व्यवसायी, स्वास्थ्य पेशाकर्मी र विभिन्न मेडिकल क्षेत्रका विद्यार्थीका लागि विभिन्न जानकारी दिइनेछ ।

प्रदर्शनीमा सर्जिकल सामाग्री, उद्धार र आपतकालीन सामग्री, मेडिकल डिस्पोजेबल, अस्पतालका लागि फर्निचरहरु, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीहरुको प्रदर्शनी रहने छ ।

मंसिर २८ देखि पुस १ सम्म चल्ने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा ५ सयभन्दा बढी ब्रान्ड उपकरण एवं स्वास्थ्य सामग्री राखिनेछ ।



प्रतिक्रिया दिनुहोस्