Logo

प्रचण्ड ९ हजार ३ सय २७ मतान्तरले विजयी



चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। भर्खर सम्पन्न मत गणना परिणाम अनुसार ४८ हजार २ सय ६९ मतका साथ दाहाल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन् । दाहाल र पाण्डेबीचको मतान्तर ९ हजार ३ सय २७ रहेको छ।

यसअघिको संविधानसभा दोस्रो निर्वाचनमा सिराह ५ वाट जितेका दाहाल उक्त चुनावमा काठमाडौं १० बाट भने पराजित भएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने दाहाल काठमाडौं १० र रोल्पाबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्