Logo

कंग्रेस आईको अध्यक्ष चुनिए राहुल



नयाँ दिल्ली, मंसिर २५ : भारतीय राष्ट्रिय कंग्रेसले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चुनेको छ। ४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्।

भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला राहुललाई पार्टी अध्यक्ष चुनेको हो। राहुलको नेतृत्वमा कंग्रेसले पुरानोको साख फर्काउनु पर्ने चुनौती रहेको छ।

सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। राहुलले १६ डिसेम्बरमा दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिनेछन्। कंग्रेस नेतृत्वका लागि राहुल एक्लैको उम्मेदवारी परेपछि उनी पार्टी अध्यक्षमा निर्विरोध भएका हुन्।

राहुल विगत ५ वर्षदेखि पार्टीको उपाध्यक्ष रहँदै आएका थिए। १३१ वर्ष लामो विरासत बोकेको कंग्रेसको शीर्ष नेतृत्व लिने राहुल गान्धी-नेहरू परिवारका छैठौं सदस्य हुन्।(एजेन्सी)



प्रतिक्रिया दिनुहोस्