Logo

ईश्वर पोखरेलको विजयी जुलुस (फोटोफिचर)



काठमाडौँ, २६ मंसिर : काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज लैनचौरमा आयोजित विजय ¥यालीलाई सम्बोधन गर्दै उहाँले चुनावका क्रममा आफूले जनतासमक्ष राखेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

उहाँले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । महासचिव पोखरेलले सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताउनुभयो ।

हामीले चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेका थियौं, ती प्रतिबद्धतालाई कतिपयले सपना भनेका थिए । तर हामी ती प्रतिबद्धतालाई पूरा गरेर मुलुकलाई विकास तर्फ लैजान्छौ, उहाँले भन्नुभयो ।

उहाँले चाँडै नै वाम गठबन्धनको सरकार बन्ने समेत बताउनुभयो । निर्वाचन क्षेत्र नंं ५ मेडिकल कलेजको हब भएको भन्दै उहाँले जनतालाई स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य बीमा सञ्चालन गर्ने धारणा राख्नुभयो ।

सभामा उहाँले गहनापोखरी, हाँडीगाउँ जस्ता ऐतिहासिक ठाउँलाई संरक्षण गर्ने समेत बताउनुभयो । लैनचौरबाट शुरु भएको विजय ¥याली रानीवारी, बसुन्धरा, धापासी, बूढानीलकण्ठ, चण्डौल, नक्साल हँुदै गहना पोखरीमा पुगी समापन भएको थियो ।

¥यालीमा प्रदेश सभाका विजयी उम्मेदवार नारायणबहादुर सिलवाल र दीपक निरौलासहित एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको सहभागिता रहेको थियो । ¥यालीका क्रममा मतदाताले महासचिव पोखरेललाई बधाई दिनुभएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्