Logo

राष्ट्रिय दल बन्न नसकेको एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहोनी भन्छन्, “हिन्दुराष्ट्र र आलङ्कारिक राजतन्त्रका लागि जनतामाझ जान्छौँ “



२७ मंसिर, काठमाण्डौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले आफ्नो पार्टी कमजोर भएको स्विकार गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै आफ्नो पार्टी अहिलेको अवस्थामा पछाडि परेको बताएका हुन् ।

आफ्नो दलको एजेण्डा सही भए पनि स्थापना भएको ५ महिनामा नै चुनावमा जानुपर्ने स्थिती आएका कारण जनतालाई एजेण्डा बुझाउने मौका नपाएको बताए ।
एकीकृत राप्रपा राष्ट्रवादीले चुनावमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन भने समानुपातिकतर्फ पनि ३ प्रतिशत मत नल्याउने देखिएको छ । दुवै मापदण्ड पूरा गर्न नसक्दा यो दल राष्ट्रिय दल बन्न असफल भएको छ ।

आफ्नो दलका एजेण्डाहरुलाई आगामी दिनमा जनतामाझ लगेर लोकप्रियता हासिल गर्ने प्रयास गरिने लोहोनीले बताए । नेपालमा हिन्दुराष्ट्र र आलङ्कारिक राजतन्त्रका लागि आफ्नो दल आगामी दिनमा जनतामाझ जाने लोहोनीले बताएका छन् ।

त्यसैगरी रोजगारीका अवसर र भ्रष्टाचार अन्त्यका लागि आफ्नो दल प्रतिबद्ध रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्