Logo

अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”



२८ मंसिर, काठमाण्ठौ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा ल्याउने मुख्य व्यक्ति नै केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल भए पनि प्रधानमन्त्रीका लागि सबै हिसाबले ओली नै उचित भएको बताए ।
प्रधानमन्त्रीको विषयलाई लिएर गठबन्धनभित्र विवाद आउन नहुनेमा बस्नेतले जोड दिएका छन् । विवाद भयो भने जनतामा आएको उत्साह मरेर निराशा छाउने बस्नेतले बताए ।
नेताहरुको व्यवस्थापना महाधिवेशनमार्फत कार्यकर्ताले गर्ने बस्नेतको भनाई छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर मात्रै नेताहरुको व्यवस्थापन हुने कुराको पछाडि लाग्न नहुने उनको भनाई छ ।
यता माओवादी नेता चक्रपाणी खनालले भने चुनावी नतिजा अएपछि छलफल गरेर प्रधानमन्त्री र पार्टी एकता अनि पार्टी अध्यक्षबारे टुङ्गो लगाइने बताएका छन् ।
पार्टी परिचालन र प्रधानमन्त्रीको मुख्य टुङ्गो लगाउनुपर्ने भन्दै खनालले यसका लागि ठूलो समस्या नआउने जिकिर गरे । अबका दिनमा साठी चालिसको भागबण्डा अन्त्य गर्नुपर्नेमा खनालले जोड दिएका छन् ।
“सांकेतिक कुराहरु जे आइरहेका छन्, शीर्ष नेताहरुबाट आएका अभिव्यक्ति हेर्दा समस्याको चर्चा चलेको छ । तर त्यो केही होइन । अहिले एकताको विकल्प छैन ।” खनालले भने ।
वाम गठबन्धनले पाएको बहुमतको व्यवस्थापन गर्न नसक्ने हो भने वा पदको झगडाका कारण पार्टी एकता गर्न नसके जनमत नै धरापमा पर्ने चेतावनी खनालले दिए ।



प्रतिक्रिया दिनुहोस्