Logo

राजनीतिक सिनबाट राजावादी शक्ति आउट !



काठमाडौं, २८ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ। अब समानुपातिकतर्फको पनि भोलिसम्म नतिजा आईसक्ने आयोगले जनाएको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै तीन वटै राजावादी शक्तिहरुले लज्जास्पद हार व्यहोरेका छन् ।

दोस्रो संविधानसभामा समानुपातिकबाट २४ सिट ल्याएर चौथो दल बनेको राप्रपा नेपाल संसदीय निर्वाचनसम्म आईपुग्दा उसको हैसियत शुन्यमा झरेको छ । राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनबाहेक अरु कसैले पनि निर्वाचनमा विजयीको खाता खोल्न सकेनन् । संसद्मा २४ सिटका कारण केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा तीनैजना प्रधानमन्त्रीका पालामा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्न पुगेका राप्रपा अध्यक्ष स्वयम कमल थापाले पनि शर्मनाक हारको स्वाद चाख्नुपर्यो ।

यता राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पुशपति शमशेरदेखि लिएर अन्य हस्ती नेताहरुले पनि चुनाव हारे । सरकारको बहालावाल मन्त्री रहेका नेताहरुले पनि चुनाव हार्दा राप्रपा प्रजातान्त्रिकको पनि हैसियत शुन्यमा झरेको छ । उता चर्को राष्ट्रवादी र राजावादी मुद्दा उठन गरेर नयाँ पार्टी स्थापना गरेका एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीको पार्टी त झनै हार्ने नै भैगयो । तीन वटै राजावादी शक्तिहरुलाई यो चुनाव अफावसिद्ध भयो ।

चुनाव हार्नुको प्रमुख कारण नै उनीहरुको सक्ता लिप्सा देखिएको छ । त्यस्तै नेताहरुको अदुरदर्शीता र जनताका परिवर्तनका एजेण्डाहरुलाई आत्मसात गर्न नसक्दा तीन वटै राप्रपाले चुनावमा नराम्रो हार व्यहोर्नु परेको पनि केहीको गुनासो छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपा नेपालले संवैधानिक राजतन्त्रको एजेण्डा दह्रोसँग बोकेका कारण समानुपातिकतर्फ करिब साँढे ६ लाख भोट प्राप्त गरेको थियो । यद्यपि अहिले संसदीय निर्वाचनमा समानुपातिकको परिणाममा राप्रपाको मत राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशत नपुग्ने निश्चित भैसकेको छ । ३ प्रतिशतका लागि ३ लाख ७० हजारजति मत ल्याउनुपर्ने हुन्छ ।

पहिले यतिका भोट ल्याएको राप्रपाले अहिले किन राम्रो नतिजा ल्याउन सकेन भनेर प्रश्नहरु उब्जिएका छन् । राप्रपाको भोट एमाले र माओवादी केन्द्रमा गएको हुन सक्ने अनुमानहरु समेत प्रशस्त देखिएका छन् । अन्य दलको तुलनामा नेकपा एमालेले अहिले राष्ट्रवादी धारको नेतृत्व गरेको देखिएकाले राजावादीको भोट एमालेमै गयो भन्न सक्ने आधारहरू छन् ।

तीन वटै पार्टीका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा यी तीन वटै नेताहरुमा नेतृत्वको लिप्सा, सत्ताको लिप्सा देखिएकोले आम कार्यकर्ताहरुमा निराशा छाएको थियो । अहिले नेताहरु विभाजित भएको कारणले तीन वटै राप्रपा शक्तिहरुले चुनावमा नराम्रो हार व्यहोर्नु परेको हो ।



प्रतिक्रिया दिनुहोस्