Logo

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित हुन नसक्दा नयाँ सरकार गठन अन्योलमा, प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान गर्ने तयारी



२९ मंसिर, काठमाण्डौ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि अन्योल बढेको छ । राष्ट्रिय सभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न कानुनी अड्चन देखिएपछि समस्या बढेको हो ।

अध्यादेशका विषयमा दलहरुबिच सहमति हुन नसक्दा राष्ट्रपछि विद्यादेवी भण्डारीले अध्यादेश स्विकृत गर्न नसकेकी हुन् ।

यही विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वाद गर्ने तयारी गरेका छन् । देउवाले भोलीसम्म सर्वदलीय बैठक बस्ने गरी तयारी थालेको बताइएको छ ।

प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी लगायत पार्टीभित्र पनि सल्लाह गर्ने बताइएको छ । त्यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका संयोजनक महन्थ ठाकुरसँग पनि देउवाले छलफल गर्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्