Logo

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”



१ पुष, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

औपचारिक रुपमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएलगत्तै देउवा पादमुक्त भएको बताउँदै जोशीले अहिले काम चलाउका रुपमा देउवाले प्रधानमन्त्रीको काम गरिरहेको बताए ।

संवैधानिक व्यवस्था अनुसार पदमुक्त भइसकेको जानकारी दिदै जोशीले भने, “पदमुक्त भइसकेको प्रधानमन्त्रीले राजिनामा दिनै पर्दैन । राजिनामा भनेको पदमुक्त हुने हो । पदमुक्त उहाँ भइसक्नुभएको छ । एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

नयाँ सरकार गठनका लागि सरकारले वातावरण बनाएको दाबी गर्दै जोशीले निर्वाचन आयोगले अन्तिम मत नतिजा नै घोषणा नगरेको अवस्थामा प्रधानमन्त्री देउवाले राजिनामा दिदैमा नयाँ सरकार नबन्ने जानकारी उनले गराए ।

प्रधानमन्त्री देउवाले सत्ताको आयु लम्ब्याउन नचाहेको जिकिर गर्दै निर्वाचन गराउनका लागि प्रधानमन्त्री बनेका देउवा निर्वाचन सम्पन्न गराएर बाहिरिने बताए ।
स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सकिए पनि राष्ट्रिय सभाको चुनाव बाँकी नै रहेको बताउँदै सचिव जोशीले राष्ट्रिय सभाको चुनाव नभएसम्म देउवाको जिम्मेवारी पूरा नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्