Logo

प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक



२ पुष, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले तयारीको कमी हुँदा वाम गठबन्धन प्रदेश नम्बर २ मा कमजोर देखिएको तर्क गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता यादवले अपेक्षित परिणाम नआएपनि सन्तोषजनक नतिजा आएको बताए ।
प्रदेश नम्बर २ मा वाम गठबन्धनको सहयोगबिना सरकार बन्न नसक्नेसमेत यादवको दाबी छ । राजपा र फोरमबिचमा सहमति भए पनि वाम गठबन्धनको आवश्यकता पर्ने यादवको भनाई छ ।

केन्द्र र प्रदेशको समन्वयका लागि पनि वाम गठबन्धनको आवश्यकता पर्ने यादवको तर्क छ । प्रदेश सरकारलाई सन्तुलित बनाउनका लागि आफूहरुसँग मिल्नका लागि राजपा फोरम तयार हुनुपर्ने यादवको भनाई छ ।

मधेशी जनताको हक अधिकार सुनिश्चित गराउन र विकास निर्माणका लागि दलहरु मिल्नुपर्ने भन्दै यादवले सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताए ।

मधेशी जनताको हक अधिकार स्थापित गराउनका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक भएको यादवको दाबी छ ।

वाम गठबन्धन जिम्मेवार बनेर समस्या समाधानका लागि परिपक्व बन्नुपर्नेमा यादवले नेतृत्वलाई सुझाब दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्