Logo

एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि नेपाललाई



२ पुस, काठमाण्डौ । नेपाल यू–१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित ग‍रेर उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ हौं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३–३ विकेट लिए ।

नेपालले २०१४ मा मलेसियामा एसीसी यू–१६ प्रिमियरको नामले आयोजना गरेको पछिल्लो प्रतियोगिता पनि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्