Logo

अध्यक्ष राणाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन



काठमाडौँ, ४ पुस (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ ।

प्रवक्ता राजेन्द्र गुरुङका अनुसार समितिको सदस्यमा उपाध्यक्षत्रय दीपक बोहरा, केशरबहादुर विष्ट र विक्रम पाण्डे, महामन्त्रीद्वय सुनिलबहादुर थापा र ध्रुवबहादुर प्रधान, नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुरप्रसाद शर्मा हुनुहुन्छ ।

उक्त समितिले बुधबारदेखि काम शुरु गरी यही पुस मसान्तभित्र प्रतिवेदन पार्टीलाई बुझाउनेछ । केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकमा महामन्त्री प्रधानले निर्वाचनमा पार्टीको अवस्था तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक विषयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले मुलुकमा विकसित भएको राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने निर्णय गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरेकामा सरकारलाई धन्यवाद दिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्