Logo

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा एमाले र माओवादीबिच फरक मत



६ पुस, काठमाण्डौ । माओवादी र एमाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा एकमत हुन सकेका छ्रैनन् । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले लगेको अध्यादेश पारित गर्नुपर्ने बताएकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरा गर्दै दलीय सहमति खोज्नुपर्नेमा जोड दिदै भुसालले मन्त्रीपरिषदको निर्णयलाई राष्ट्रपतिले संविधानअनुसार कारबाही गर्नुपर्ने बताईन् ।

सोही कार्यक्रममा बोल्दै गोकर्ण विष्टले भने कांग्रेसले भने राष्ट्रपतिसमक्ष अध्यादेश लैजानु नै अलोकतान्त्रिक चरित्र भएको बताए । नयाँ सरकार बनेपछि मात्रै विधेयक अगाडि बढ्ने विष्टको भनाई छ ।

फरक प्रसङ्गमा भुसालले एमाले र माओवादीबिच पार्टी एकता हुँदा पदीय बाँडफाँट सम्मानजनक हुनुपर्नेमा जोड दिएकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी अध्यक्ष बनाउनुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्