Logo

प्रधानमन्त्री देउवाले भने, “राष्ट्रपति भण्डारी एमाले अध्यक्ष ओलीको इशारामा चल्नुभयो”



६ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लङ्घन गर्ने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विहिबार वालुवाटारमा भएको पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । आफूले संविधान अनुसार नै राष्ट्रियसभा गठनसम्बन्धी विधेयक स्विकृतिका लागि राष्ट्रपतिकहाँ पेश गरे पनि स्विकृत हुन नसक्नले राष्ट्रपति संविधान विपरित चल्न लागेको देउवाको भनाई थियो ।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न चाहँदा चाहँदै पनि एमालेको अडान र राष्ट्रपतिको अवरोधका कारण सरकारमा बसिरहन बाध्य भएको गुनासो देउवाले गरेका थिए ।

राष्ट्रपति भण्डारी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा चल्दा समस्या निम्तिएको देउवाको भनाई थियो । एमालेले अनावश्यक रुपमा बखेडा झिकेर राष्ट्रपतिलाईसमेत अप्ठ्यारोमा पारेको देउवाले बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्