Logo

(इपिएल) टि–२०: ललितपुरद्वारा भैरहवालाई १४२ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, ६ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्को निम्ता पाएको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १४१ रन बनाएको हो । ललितपुरका लागि योगेश नगरले अर्धसतकीय पारी खेल्ने क्रममा सर्वाधिक ५४ रनको योगदान दिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ४२ र जयकिशन कोल्सवालीले १४ रन बनाए।

ललितपुर प्याट्रियट्सलाई १४१ रनमा समेटन भैरहवाका लागि दिपेश श्रेष्ठले ३, आरिफ शेख र पुनित मिश्रले २/२ तथा कप्तान शरद भेषावकरले १ विकेट हात पारे । १४२ रनको लक्ष्यसहित भैरहवा ग्लाडियटर्स केहिछिनमा मैदान उत्रदैछ।



प्रतिक्रिया दिनुहोस्