Logo

भारतीय प्रधानमन्त्री मोदीले देउवा, ओली र प्रचण्डसँग गरे यस्ता कुरा



६ पुस, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् ।

मोदीले विहिबार प्रधानमन्त्री देउवासहित ओली र प्रचण्डसँग कुराकानी गरेका हुन् । मोदीले संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश सभा र प्रतिनिधीसभाको चुनाव सफल रुपमा सम्पन्न भएकोमा तीन जना नेतालाई टेलिफोन गरेर बधाई दिएका हुन् ।

चुनाव सम्पन्न भएर परिणाम आइसकेपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका नेताहरुलाई बधाई दिएका हुन् । तीनै नेतासँगको कुराकानीका क्रममा मोदीले चुनाव सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिएका थिए ।

मोदीले टेलिफोन वार्ताका क्रममा ओली र प्रचण्डलाई नयाँ सरकारलाई स्वागत गर्न आतुर रहेको सुनाएका थिए । टेलिफोन वार्ताका क्रममा मोदीले नेपाल भारत सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासका बारेमा पनि कुरा गरेका थिए ।

नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंह पुरी भारत गएका बेला मोदीले नेपालका नेताहरुलाई फोन गरेर बधाई दिएका हुन् । पुरीकै पहलमा मोदीले टेलिफोन गरेर बधाई दिएको हुन सक्ने अनुमान गरिएको छ । पुरी आजै नेपाल फर्किने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्