Logo

४७ सालको संविधानअनुसार ल्याइएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित हुनै सक्दैन : एमाले नेता पौडेल



८ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसँग बाझिने अध्यादेश राष्ट्रपतिकहाँ पठाएकाले विवाद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता पौडेलले गतिरोध हुने काम नेपाली कांग्रेसले नगरोस् भन्ने एमालेको चाहना भएको बताए ।

४७ सालको संविधान जस्तै ठानेर कांग्रेसले एकल संक्रमणिय मतका आधारमा राष्ट्रियसभा गठन गर्ने गरी विधेयक बनाएको आरोप पौडेलले लगाए । तर अहिलेको संविधानमा एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा गठन गर्ने व्यवस्था नभएको पौडेलको दाबी छ ।

संविधानको मर्म अनुसार नै सहमति गर्नुपर्ने भन्दै पौडेलले संविधानलाई किनारा लगाएर सहमति खोज्न नसकिने स्पष्ट पारे । संविधानको व्यवस्था विपरितको अध्यादेश राष्ट्रपतिले पारित गर्नुपर्छ भनेर कांग्रेसले अडान लिनु अनुचित भएको पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्