Logo

अधिवक्ता त्रिपाठी भन्छन्, “संवैधानिक राष्ट्रपतिलाई सरकारले पठाएको विधेयक होल्ड गर्ने अधिकार छैन”



९ पुस, काठमाण्डौ । अधिवक्ता दिनेश त्रिपाठीले पछिल्लो राजनीतिक घटनाक्रमले संवैधानिक जटिलता उत्पन्न भएको बताएका छन् । राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेकाले जटिलता आएको त्रिपाठीले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै त्रिपाठीले अध्यादेश होल्ड गर्नु संविधानको मर्म विपरित भएको बताएका छन् । संवैधानिक राष्ट्रपतिलाई सरकारले पठाएको विधेयक होल्ड गर्ने अधिकार नभएको त्रिपाठीको दाबी छ ।

“राष्ट्रपतिले प्रधानमन्त्रीको सल्लाहमा काम गर्ने हो । राष्ट्रपतिले गल्ती गर्ने अधिकार छैन ।” त्रिपाठीले भने ।

नेपालको संविधान र संसदीय प्रणाली अनुसार मन्त्रीपरिषद् नै कार्यकारिणी हुने भन्दै त्रिपाठीले सक्रिय राष्ट्रपति बन्न नहुने बताए ।

राष्ट्रियसभाको निर्वाचन नभै नयाँ सरकार गठन हुन नसक्ने त्रिपाठीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्