Logo

राष्ट्रियसभा गठन सम्बन्धमा एमाले र माओवादी विभाजित, प्रचण्डले भने, “कांग्रेसबिना राष्ट्रियसभा सम्भव छैन”



९ पुस, काठमाण्डौ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा नेपाली कांग्रेस र नेकपा एमालेबिच विवादबढिरहेको छ । तर एमालेसँग पार्टी एकता गर्ने भनेर कस्सिएको नेकपा माओवादी केन्द्र भने कांग्रेसको पक्षमा देखिएको छ ।

सरकार छाडेर प्रतिपक्षमा जानुपर्ने कांग्रेस र सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमाले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर विवाद गरिरहेका छन् ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पाँच दलको बैठक पनि बस्यो । उक्त बैठक विना निष्कर्ष टुङ्गिएपछि अन्यौल हटेको छैन ।

माओवादीले भने मध्यमार्गी बाटो रोजेको छ । सुरुमा राजनीतिक सहमति गरौं भनेको माओवादी केन्द्रले अब भने खुलेरै कांग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने मत सार्वजनिक गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेर नेपाली कांग्रेसलाई हेप्न नहुने सुझाब दिएका छन् ।
प्रचण्डले कांंग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने आफ्नो धारणा ओलीलाई सुनाएका छन् ।

एमालेले अध्यादेशमा प्रस्तावित एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान लिँदै आएको छ । ओलीले यसलाई कांग्रेसको सत्ता लम्ब्याउने खेलका रुपमा लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्