Logo

सरकारले पठाएको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई फोरमको सुझाब



९ पुस, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाब दिएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग राष्ट्रियसभा सम्वन्धी अध्यादेशका विषयमा छलफल गरेकी थिइन् ।
शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले अध्यादेश नरोक्न सुझाव दिएका छन् ।

राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी हुन् ।

संघीय समाजवादी फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ ।

फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्