Logo

महन्थ ठाकुर र राष्ट्रपतिबिच भेटवार्ता, अध्यादेश जारी गर्नुपर्ने ठाकुरको सुझाब



१० पुस, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको बारेमा छलफल गर्नका लागि ठाकुरालाई शितल निवास बोलाएकी थिइन् ।

छलफलका क्रममा नेता ठाकुरले अध्यादेश जारी गर्न सुझाब दिएका छन् ।
अहिलेको परिस्थितीमा अध्यादेश जारी गर्नुको विकल्प नभएको भन्दै ठाकुरले राष्ट्रपतिलाई सुझाब दिएका हुन् । संविधानअनुसार पनि सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने तर्क ठाकुरले दिएका छन् ।

अध्यादेशका बारेमा दलहरुबिच विवाद बढेपछि राष्ट्रपति भण्डारीले राष्ट्रिय दलहरुसँग पालैपालो छलफल गरेकी हुन् । यसअघि एमाले, कांग्रेस, माओवादी र फोरमका नेताहरुसँग पनि भण्डारीले सुझाब मागेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्