Logo

श्रीलंका विरुद्धको टी-२० क्रिकेटमा भारत विजयी



काठमाडौं, १० पुस । श्रीलंका विरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ । मुम्बईको वाङ्खडे रंगशालमा हिजो भएको तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा श्रीलंकालाई पाँच विकेटले हराएको भारतले टेष्ट, एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी शृङखलासमेत जितेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतलाई १ सय ३६ रनको विजयी लक्ष्य दियो । जवाफमा भारतले खेलमा ४ बल बाँकी छँदा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो ।

भारतका लागि मनीष पाण्डेले ३२, श्रेयस ऐयरले ३० तथा रोहित शर्माले २७ रन बनाए । यसअघिका दुई खेल पनि जितेको भारतले हिजोको जितपछि ३ खेलको श्रृंखलामा क्लिन स्वीप गरेको हो ।



प्रतिक्रिया दिनुहोस्