Logo

कालिकोटमा लगाइएको कर्फ्यु हट्यो



कालिकोट, १० पुस । कालिकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु आजबाट हटाइएको हो ।

७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालिकोटमा सोही दिनबाट नै कर्फ्यु लगाइएको थियो ।घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा.मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।

समितले आज नै दुवै पक्षवीच छलफल गर्ने जनाएको छ । कर्फ्यु हटाइएको भए पनि जिल्ला प्रशासन कार्यालय आसपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ । मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्