१२ पुस, काठमाण्डौ । चुनाव सकिएलगत्तै कामचलाउन बनेको अहिलेका सरकारका मन्त्रीहरुलाई मन्त्रालयका सचिवहरुले टेर्न छाडेको गुनासो मन्त्रीहरुले गरेका छन् । पछिल्लो समय मन्त्रालयमा सचिवहरु नै कार्यकारी बनेर काम गरिरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा रहेका मन्त्रीहरुले चुनावी नतिजापछि आफूहरु सरकारबाट बाहिरने पक्का भएपछि स्वार्थअनुकूल निर्णयहरु गर्न थालेका थिए । लगत्तै सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेका शीर्ष नेताहरुले सबै सचिव र मूख्यसचिवलाई फोन गरेर नीतिगत निर्णय नगर्न निर्देशन दिएपछि सचिवहरुले मन्त्रीलाई टेर्न छाडेका हुन् ।
अहिले नीतिगत विषयमा मन्त्री र सचिवकोबिचमा छफल हुन छाडेको छ । जसका कारण सबै मन्त्रीहरु कामविहिन बनेका हुन् ।
ऋषि धमलासँग कुरा गर्दैकृषि मन्त्री रामकृष्ण यादवले सचिवहरुले नै टेर्न छाडेको गुनासो गरे । भेट्न बोलाउँदा पनि अनेक बहाना बनाउने गरेको उनले बताए ।
अर्का एक मन्त्रीले नाम नबताउने शर्तमा सचिवहरु काम गर्ने आफूहरु घाम ताप्ने गरेको बताए ।
नयाँ सरकार गठन हुने पक्का भएसँगै सचिवहरुले मन्त्रीलाई टेर्न छाडेको मन्त्रीहरुले नै बताउने गरेका छन् ।