Logo

पत्रकार धमला भन्छन् : मन्त्री बन्न झगडा नगरौं, बरु देश बनाउनेतिर सोचौं



काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले मुलुक आर्थिक समृद्धिको यात्रामा होमिएको बताएका छन् ।

निर्वाचनसम्पन्न भएपछि वाम नेतृत्वको सरकारमा नयाँ सरकार गठन हुने र आगामी पाँच वर्षभित्र मुलुकले आर्थिक सम्पन्नता हाँसिल गर्ने विश्वास दिलाए ।

शुक्रबार नेपाल पर्यटक यातायाात व्यवसायी संघको १४ औं वार्षिक साधारण सभाको समापन कार्यक्रममा सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन् ।
उनले नेपाललाई पर्यटकीय हबका रुपमा विकास गर्ने उल्लेख गर्दै अब बन्ने वाम गठबन्धनको सरकारको मुख्य उद्देश्य पनि पर्यटन विकासमा केन्द्रित हुने विश्वास दिलाए । उनले भने,‘वामपन्थीहरुको सरकार बनेपछि हामी ५० लाख पर्यकहरु ल्याउँछौं, यो क्षेत्रको विकासको लागि सरकारले पूर्ण रुपमा ध्यान दिनेछ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुकलाई साँच्चिकै आर्थिक समृद्धिको यात्रामा अघि बढाउने हो भने पर्यटन क्षेत्रको विकासको लागि सरकारले विशेष ध्यान दिन जरुरी रहेको धारणा राखे । उनले नेपालमा अब बन्द, हड्ताल तथा तोडफोडजस्ता कार्यक्रमहरु सदाका लागि अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘बन्द हड्ताल अब सदाकोलागि बन्द हुनुपर्छ, प्रमुख दलहरुले आफ्नो घोषणापत्रमा समेत उल्लेख गरेका छन् कि आम हड्ताल रोकिनुपर्छ, विकास र समृद्धिको लागि सबैभन्दा ठूलो क्षेत्र पर्यटन हो।’

नेपाल प्राकृतिक रुपमा समेत सन्दुर र सौन्दर्य रहेको भन्दै विश्वकै एउटा नमूना पर्यटक गन्तव्य बनाउनतिर सबै सरोकारवाला निकायहरुवीच सहकार्य गर्नुपर्ने उनको भनाई थियो । उनले थपे,‘यहाँको हावापानी, रहनसहनबाट धेरै पर्यटकहरु प्रभावित भएका छन् । यसप्रति सबैले सोच्नुपर्छ।’

त्यस्तै धमलाले पर्यटन यातायात व्यवसायीहरुले पनि आगन्तुकहरुलाई राम्रोसँग सम्मान दिनुपर्ने बताए । उनले थपे,‘ एक पटक आईसकेपछि पून? आउने वातावरण बनाउनुपर्छ, यहाँको सबै कुराले साथ दिएको छ, आगामी दश वर्षभित्र नेपाल विश्वसामु समृद्ध भएर उभिन सक्छ । तर दलहरुवीच विकासमा न्यूनतम सहमति हुनुपर्छ ।’ धमलाले मन्त्री तथा प्रधानमन्त्री बन्नको लागि नेताहरुलाई झगडा नगर्न समेत धमलाले सुझाव दिए ।

त्यस्तै कार्यक्रममा सुर्य थापा, पर्यटन व्यवसायी हरेराम बराल लगायतले आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्