Logo

ओली र प्रचण्डबिचमा प्रधानमन्त्री र अध्यक्ष पदको बाँडफाँट हुन्छ : नेता सापकोटा



१५ पुस, काठमाण्डौ । नेकपा माओवादीका नेता अग्नी सापकोटाले एमाले र माओवादीबिचको पार्टी एकताका लागि तयारी भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता सापकोटाले एकताका लागि मोडालिटी बनिरहेको बताए ।
नेता सापकोटाले दुवै दलका अध्यक्षहरु केपी ओली र प्रचण्डमध्ये एक जना प्रधानमन्त्री एकजना पार्टी अध्यक्ष हुने गरी पार्टी एकता गर्न लागिएको जानकारी दिए ।

मुख्य दुई नेताहरुबाहेक अरुको पनि पदीय व्यवस्थापनका बारेमा मोडालिटी बनाएर एकता गर्ने उनको भनाई छ ।

नयाँ सरकार निर्माण र पार्टी एकता प्रक्रिया सँगसँगै लैजानुपर्नेमा नेता सापकोटाले जोड दिएका छन् ।
अध्यादेश जारी गर्ने राष्ट्रपतिको कदम ठीक भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्