Logo

सहायकरथी दाहाल फोर्स कमाण्डरमा



काठमाडौँ, १५ पुस (रासस) : नेपाली सेनाका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न केही दिनमै त्यसतर्फ जाँदै हुनुहुन्छ ।

नेपाली सेनाका उच्च अधिकृतबाट यस किसिमको शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी पाउनु नेपाल र नेपाली सेनाका लागि गौरवको विषय भएको सेनाले जनाएको छ । सहायकरथी दाहालले एक वर्षका लागि सो जिम्मेवारी पाउनुभएको हो ।

विश्व शान्ति स्थापनार्थ शान्ति सेना पठाउने मुलुकको सूचीमा हाल नेपाल छैटौँ स्थानमा छ । नेपाली सेनाका झण्डै पाँच हजार शान्ति सैनिक अहिले १४ द्वन्द्वरत मुलुकमा परिचालन हँुदै आएका छन् । नेपाली सेनाका एक लाख २० हजारभन्दा बढीले विश्व शान्तिका लागि योगदान दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्