Logo

सरकार गठन अघि नै एकता गर्ने प्रयास गर्दैछौं : “प्रचण्ड”



काठमाडौं, १६ पुस । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनअघि नै एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकताकाे प्रयास भइरहेकाे बताउनु भएकाे छ।

शनिबार दिउँसाे सिन्धुली जिल्लाका सांसदहरुकाे सम्मानमा अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “मैले धेरैपटक भनिसकेकाे छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पछाडि फर्कने पुल भत्काइसकेका छौं। हिजाे मात्र मेराे र कमरेड केपी अाेलीबीच लामाे र गम्भीर छलफल भयाे। नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्गाउने प्रयास गरेका छौं, अब छिटै पार्टी एकता हुन्छ।”

“बाम गठबन्धनलाई जनताले अत्याधिक मतले जिताएका छन्। याे हाम्रा लागि अवसर मात्र हाेइन, चुनाैति पनि हाे” प्रचण्डले भन्नुभयाे, “जनताले हामीबाट धेरै नै अाशा राखेका छन्, अब पनि अस्थिरता, अब पनि भ्रष्टाचार, अब पनि झगडा भयाे भने हाम्राे राजनीति गर्ने ठाउँ रहँदैन। याे शान्ति, सुशासन र समृद्धिका लागि जनताले दिएकाे ठूलाे माैका हाे, यसलाई हामीले कुनै हालतमा चुक्न दिने छैनौं।”

शनिबार दिउँसाे नै एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गाैतमद्वारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तककाे बिमाेचन गर्दै अध्यक्ष प्रचण्डले जनताकाे जनादेश बामपन्थीका लागि अग्निपरीक्षा भएकाे बताउनु भयाे। प्रचण्डले भन्नुभयाे, “जनताले हामीलाई विश्वास गरेका छन्। अबकाे बहस विकासकाे बहस हाे, समृद्धिकाे बहस हाे, विकास र समृद्धिमा गुणात्मक छलाङ् जरुरी छ, त्यसका लागि बामदेवजीकाे पुस्तकले महत्वपूर्ण प्रेरणा दिनेछ।”

“हामी सफल भए देशकाे विकासकाे नयाँ युगतिर जान्छ। ५० वर्षअघि हाम्रै हाराहारीमा रहेका सिङ्गापुर, काेरिया र मलेसिया अाज विकासकाे नयाँ युगमा छन्” प्रचण्डले भन्नुभयाे, “हामी पनि विकासकाे नयाँ युगमा प्रवेश गर्दैछौं। त्यसका लागि शान्ति, सुशासन र समृद्धिकाे बलियाे संकल्प चाहिन्छ। अब हाम्राे सम्पूर्ण ध्यान त्यही दिशातिर केन्द्रित हुनुपर्छ।”



प्रतिक्रिया दिनुहोस्