Logo

निर्वाचन आयोग र सरकारको गतिविधि शंकास्पद छ : सचिव ज्ञवाली



गुल्मी १६ पुस । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर–१, का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको आरोप लगाएका छन् ।

आईतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव ज्ञवालीले निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्ष र विपक्ष भएर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय भएको टिप्पणी गरे ।

उनले निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम नगरेको आरोप लगाउउँदै भने,‘सरकारले सहमती भन्दा निहुँ खोजिरहेको छ, आयोगका कुनै निर्णय पनि वाम गठबन्धनलाई मान्य छैनन् ।’
उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दीर्घकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको ज्ञवालीको भनाइ थियो ।

चुनावको मत परिणाम सार्वजनिक भएको १५ दिन बितिसक्दासमेत सरकारले कुर्सीमै रमिता देखाई रहेको नेता ज्ञवालीले आरोप लगाए । ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि शंकास्पद रहेको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्