Logo

दिपाश्री भन्छिन् : कानूनले नरोक्ने भए दिपकराज गिरीसँग विवाह गर्थैं (भिडियोसहित)



काठमाडौं, १६ पुुस । चर्चित हाँस्य कलाकार, निर्मात्री एवम् नायिका दिपाश्री निरौलाले कानुनले नरोक्ने भएको आफूले दिपकराज गिरीसँग विवाह गर्ने बताएकी छिन् ।

आईतबार राती हिमालय टेलिभिजनबाट प्रशारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । नेपालमा पछिल्लो समय हलमै गएर चलचित्र हेर्नेको संख्या ह्वात्तै बढेको सुनाईन् ।

उनले आफू र दिपकवीचको सम्बन्धमा कुनै दरार नआउने समेत जिकिर गरिन् । उनले भनिन्,“सम्बन्धमा दरार त अब मरेपछि मात्रै आउला, तर बाँचुञ्जेलसम्म सम्बन्ध अत्यन्तै राम्रो हुन्छ।”

उनले आफूलाई दिपकको सबैभन्दा मनपर्ने कुरा उसको लेखन लागेको पनि सुनाईन् । उनले भनिन्,“उसको लेखन अब्बल छ, स्क्रिन प्ले कलाको हिसावले तर मानवीय हिसाबको कुरा हुन्छ भने उ एकदमै हम्बल छ, अरुलाई चित्त दुखाउँ भन्ने उसको सोच छैन, तर उसलाई घमण्डी पनि भन्छन्, यो गलत आरोप हो, हामी सबैलाई टिकाईरहेको छ ।

दिपकसँग् आफ्नो सहयात्रा २५ वर्षको सम्बन्ध भएको भन्दै अब आगामी दिनमा पनि यसरी नै अविरल बाँच्न चाहेको सुनाईन् । उनले थपिन्,“ त्यति राम्रो आचरण भएको मान्छे हो ।”
कानुनले नै बहुविवाह स्विकार गर्ने भएको भए आफू दिपकसँग विवाहको लागि तयार रहेको उनको भनाई थियो । यद्धपी उनले आफूहरु समाजको ऐना भएकोले अहिले कानून परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा नभएको जिकिर गरिन् । उनले सबै सम्बन्ध विवाहमा टुँगिन्छ भन्ने नभएको पनि स्प्ष्ट पारिन् । अर्को पुरुषसँग विवाह गर्दा पनि दिपकराजसँगको सहकार्य नटुट्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्