Logo

संसदीय दलको नेतामा पौडलले अघि सारे सिंह, देउवा सके आफै नसके खाँडको पक्षमा, युवा नेताहरु थापालाई अघि सार्दै



१७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता बन्ने दौडमा दुई गुट बनेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफै संसदीय दलको नेता बन्ने दौडमा छन् भने रामचन्द्र पौडेलको समुहबाट प्रकाशमान सिंहलाई अघि सार्न लागिएको छ ।

पौडेल आफू चुनाव हारेपछि सिंहलाई दलको नेता बनाएर अर्को महाधिवेशनमा सभापतिका लागि बाटो सहज बनाउन चाहन्छन् । चुनावमा पराजित भएको भन्दै नेतृत्व हस्तान्तरणको कुरा उठिरहेकाले देउवाले धेरै नै विवाद भएको खण्डमा नयाँ पुस्ताको रुपमा वालकृष्ण खाँडलाई संसदीय दलको नेता बनाउने सम्भावना पनि रहको कांग्रेस नेताहरुले बताएका छन् ।

यता पौडेल पक्षबाट दाबेदार मानिएका महामन्त्री डा. शशांक कोइराला पनि सिंहलाई संसदीय दलको नेता बनाउन सकारात्मक रहेको बताइएको छ ।
अर्कोतिर युवा नेताहरुले भने गगन थापालाई अघि सार्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्