Logo

निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै एमाले–माओवादी नेताहरु, नेम्बाङको नेतृत्वमा जाँदै



काठमाडौं, १७ पुस । प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न ढिलाई भएको प्रति ध्यानाकर्षण गराउन एमाले र माओवादी केन्द्रका नेताहरुले अहिले अपरान्ह ३ बजे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदैछन् ।

संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्बाङको नेतृत्वमा भीम रावल, अग्नि खरेल र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आयोगको कार्यालय जान लागेको स्रोतले जानकारी दियो ।

निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाईका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै वाम गठबन्धनले ध्यानाकर्षण गराउने भएको हो ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेकोमा बिभिन्न शंका उत्पन्न भएका छन् ।



प्रतिक्रिया दिनुहोस्