Logo

डिएगो कोस्टा औपचारिक रुपमा एथ्लेटिको मड्रिडमा



 

काठमाडौं, पुस १७  : इंग्लिस क्लब चेल्सीका पूर्व स्ट्राइकर डिएगो कोस्टा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले आफ्नो खेलाडीको रुपमा औपचारिक घोषणा गरेको छ । यो सँगै कोस्टाले यहि हप्ता एथ्लेटिकोबाट खेल्न सक्ने छन् ।

स्पेनिस कोस्टा गएको सेप्टेम्बरमा ला लिगा क्लब एथ्लेटिको मड्रिड आउन तयार भएका हुन् । तर एथ्लेटिकोमाथिको ट्रान्सफर विण्डो प्रतिबन्धका कारण खेल्न पाएका थिएनन् । आइतबार एथ्लेटिको मड्रिडले कोस्टालाई आफ्नो खेलाडीको रुपमा औपचारिक घोषणा गरेको हो ।

कोस्टाले आफूले यो दिनका लागि लामो समय पर्खिएको बताए । आफू प्रशिक्षणबाट थाकिसकेको र अब खेल्न चाहेको पनि बताए । चेल्सीमा प्रशिक्षक एन्टोनिओ कोन्टेसँगको चिसो सम्बन्धका कारण कोस्टा समस्यामा रहेका थिए । त्यसपछि उनले सेप्टेम्बरमा चेल्सी छोडेर पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किने निर्णय गरेका हुन् । त्यसयता कोस्टा मैदानमा देखिएका छैनन् ।

कोस्टा सन् २०१४ मा एथ्लेटिकोबाट चेल्सी गएका थिए । उनले चेल्सीमा रहँदा १२० खेलमा ५९ गोल गरे । चेल्सीमा रहँदा उनले दुईपटक प्रिमियर लिग तथा एकपटक लिग कपको उपाधि जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्