Logo

एमाले–माओवादी नेताहरु र निर्वाचन आयुक्तहरुवीच छलफल सुरु, सुरुवातमै एमाले नेताहरु यसरी कड्किए



काठमाडौं, १७ पुस । प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न ढिलाई भएकोप्रति एमाले र माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदैछन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको नेतृत्वमा भीम रावल, अग्नि खरेल र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आयोगको कार्यालय पुगेका छन् । छलफलको सुरुवातमै एमाले नेताहरुले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई कडा प्रश्न तेर्साएका थिए ।

स्रोतका अनुसार एमाले नेता नेम्बाङले हिजो क्लबमा गएर प्रमुख निर्वाचन आयुक्त यादवले बोलेको कुराको गम्भिर आपत्ति जनाए । यादवले हिजो क्लबको साक्षात्कारमा एमाले नेताहरुले कानून नबुझेको आरोप लगाएका थिए ।

निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाईका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै वाम गठबन्धनले ध्यानाकर्षण गराउने भएको हो ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेकोमा बिभिन्न शंका उत्पन्न भएका छन्



प्रतिक्रिया दिनुहोस्