Logo

प्रमुख निर्वाचन आयुक्तलाई प्रतिनिधीसभातर्फ समानुपातिकको नतिजा तत्काल सार्वजनिकगर्न बाम गठबन्धनको चेतावनी



१७ पुस, काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधीसभा तर्फ समानुपातिकको परिणाम तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
आज निर्वाचन आयोग  पुगेर बाम गठबन्धनका नेताहरुले आयोगले परिणाम सार्वजनिक नगरिदा नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध भएको भन्दै तत्काल नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।

निर्वाचन आयोगका पदाधिकारीलाई भेटे लगत्तै पत्रकार सम्मेलन गरेर एमालेले नयाँ सरकार गठनका लागि निर्वाचन आयोग बाधक भएको आशय व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भिम रावलले संवैधानिक जटिलता भए उक्त जटिलता हटाउन सबैले पहल गर्नुपर्ने बताए ।

निर्वाचनपछि जनताले दिएका जनादेश अनुसार देश अघि बढ्नु पर्नेमा नयाँ सरकार गठन प्रक्रिया नै अवरुद्ध भएको रावलले बताएका छन् ।
चुनावपछि जनताको जनादेश अनुसार नयाँ सरकार बन्ने वातावरण बन्न नसक्नु दुखद भएको भन्दै रावलले लोकतन्त्रका लागि यस्तो अवस्था आउनु खतरा भएको बताए ।



प्रतिक्रिया दिनुहोस्