Logo

नेइमारले तेस्रोपटक जिते ‘साम्बा गोल्ड’ अवार्ड



काठमाडौं, पुस १८ : नेयमारले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै तेस्रो पटक ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन्।युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ को विजेता पत्रकार, सिमित फुटबलर र इन्टरनेट भोटिङका आधारमा छनोट गरिनेछ।

ब्राजिलका कप्तान समेत रहेका नेयमारले २७.७१ प्रतिशत मत पाएक छन्। लिभरपुलका फिलिप काउटिन्होले १६.६४ प्रतिशत मतसहित दोस्रो तथा १४.४३ प्रतिशत मतसहित मार्सेलो तेस्रो भएका छन्। नेयमारले योसँगै चार वर्षमा तीन पटक उपाधि जितेका हुन्।

सन् २०१४ र १५ मा लगातार दुईपटक अवार्ड जितेका नेयमारले सन् २०१६ मा भने अवार्ड जित्न सकेनन्।त्यस्तै २०११ देखि लगातार तीन पटक यो अवार्ड जितेका थिएगो शिल्भा टप पाइभमै परेनन् ।नेयमारले विजेता छनोट टीममा रहेका ११ पत्रकार र ११ पूर्व खेलाडीबाट बढी मत पाएका छन्।

उनले ४१.४१ प्रतिशत मत पाएका छन् भने मिराण्डा र विलियनले ३९.३९ मत पाएका छन् ।हालै मात्र महङ्गो रकममा नेइमार फान्सको क्लब पेरिस सेन्ट जर्मन गएका हुन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्