Logo

चुनावी समिक्षा र नयाँ रणनीतिबारे नयाँ शक्तिको बैठक होमस्टेमा सुरु



१८ पुस, काठमाण्डौ । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक आजदेखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सुरु बैठक तीन दिनसम्म चल्ने बताइएको छ । पार्टीले लिएको नीति, हालसम्मको यात्रा, भावी रणनीतिलगायत विषयमा बैठकमा गम्भीर छलफल हुने उक्त पार्टीले जनाएको छ ।

स्थानीय तहदेखि भर्खर सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पार्टीले व्यहोरेको हार र पार्टीले अब लिनुपर्ने रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यकारी तथा आमन्त्रित सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का गरी अढाईसय जतिको सहभागिता रहने पार्टीले जनाएको छ ।

अहिलेकै नीति ठीक कि नयाँमा जानेलगायत विषयमा छलफल भएर एउटा निचोड निस्कने आशा व्यक्त गरेका छन् । बैठकपछि पोखरा घोषणापत्र जारी गर्ने पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्