Logo

खानाखाने क्रममा घाँटीमा भात अड्किएर मृत्यु



लालबन्दी, १८ पुस । खाना खाने क्रममा घाँटीमा भात अड्किएर एकजनाको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा गएराति घाँटीमा भात अड्किएर महोत्तरी, लक्ष्मीनियाँका ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लालबन्दी–१ नवलपुरका उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार तामाङले गएराति खाना खाने क्रममा घाँटीमा भात अड्किएको थियो ।

राति १० बजे भात खाने क्रममा तामाङको घाँटीमा भातको गाँस अड्किएपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्