Logo

माओवादी केन्द्रको बैठक सम्पन्न : प्रदेश प्रमुख राजनीतिक सहमतिकै आधारमा तोकिनुपर्ने



काठमाडौं, १८ पुस । माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी नेता देवेन्द्र पौडेलका अनुसार प्रदेश प्रमुख राजनीतिक सहमतिका आधारमा गरिनुपर्ने र यसको लागि पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग आजै छलफल गर्ने निर्णय गरेको छ ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली विरामी भएकोले बैठक बस्न नसकेको निश्कर्ष निकाल्दै भोलि नै एकता संयोजन समितिको बैठक बस्ने पनि निर्णय गरेको छ ।

चुनावलगत्तै एमाले र माओवादवीचको एकता प्रक्रिया अगाडि बढाउने बामगठबन्धनको निर्णय भएपनि नेतृत्वको विषयमा सहमति जुटन नसक्दा पार्टी एकता संयोजन समितिको समेत वैठक बस्न सकेको छैन् ।

माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ । एमाले यसमा तयार भएको छैन ।



प्रतिक्रिया दिनुहोस्