Logo

अटो सिस्टम अनुसार निगमले मूल्य समायोजन गरेको आपूर्तिमन्त्री चन्दको भनाई



२० पुस, काठमाण्डौ । आपूर्तिमन्त्री जयन्त चन्दले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा मन्त्रालयको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् ।

स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गरेको उनले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री चन्दले मूल्य घट्ने र बढ्ने कुरा अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनमा भर पर्ने बताए ।
हरेक १५ दिनमा भारतले अन्तर्राष्ट्रिय मूल्यअनुसार नयाँ मूल्य निर्धारण गर्ने भएकाले सोहीअनुसार नेपालमा मूल्य परिवर्तन हुन सक्ने मन्त्री चन्दले बताए ।

आपूर्तिमन्त्री जयन्त चन्द

मूल्य समायोजनको विरुद्धमा लाग्ने हो भने स्वचालित मूल्य प्रणाली नै खारेज गर्नुपर्ने चन्दको भनाई छ । विगतमा स्वचालित मूल्य प्रणाली लागु नहुँदा नेपाल

आयल निगम ३७ अरब रुपैयाँ घाटामा गएको भन्दै मन्त्री चन्दले अहिले उक्त ऋण तिरेर सबल बन्दै गएको बताए ।
मूल्य बढाउने नबढाउने भन्दा पनि स्वचालित मूल्य प्रणाली (अटो सिस्टम) लागु गर्ने कि नगर्ने भनेर बहस गर्नुपर्ने अवस्था आएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्