Logo

भोलि प्रचण्ड र ओलीवीच वान टु वान वार्ता, पर्सी एकता बैठक बस्ने



काठमाडौं, २१ पुुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भोलि नै एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच निर्णायक वार्ता हुने स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,“ओली पनि स्वस्थ हुँदैहुनुहुन्छ । प्रचण्ड पनि भोलि चितवनबाट काठमाडौंबाट भोलि आउने कार्यक्रम रहेको छ, त्यसैले दुई जना प्रमुख नेताहरुवीच भोलि नै वार्ता हुन्छ ।”

त्यस्तै उनले पर्सी एकता संयोजन समितिको बैठक बोलाउने तयारी समेत भैसकेको पनि जानकारी दिए । पदीय व्यवस्थापनमा समस्या आएकोले एकता संयोजन समितिको बैठक बस्न नसकेको भनेर आरोप लागिरहेको बेला भोलि चाहीँ ओली र प्रचण्डवीच एकताको लागि अन्तिम र निर्णायक बैठक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्