Logo

एकातिर पूर्व राजा ज्ञानेन्द्र देश दौडाहामा अर्कोतिर गणतन्त्र संस्थागत



२१ पुस, काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाह बेलाबखत देश दौडाहामा गएर जनताको नाडी छाम्ने गरेका छन् । यतिबेला पनि देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । केही दिनअघि मात्रै शाह धनगढी क्षेत्रमा सर्वसाधारणलाई भेट्नेदेखि मठमन्दीमा पुगेका थिए ।

यति मात्र नभै राजावादी भनेर चिनिएका राप्रपाका नेता कमल थापालाई समेत उनले भेटेका थिए ।
नेपालगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेपछि राप्रपाका अध्यक्ष कमल थापाले अब राजसंस्था र हिन्दुराष्ट्रका लागि सडक आन्दोलन गर्ने बताएको कुरा समेत बाहिर आएको छ ।

थापाले नेपालगञ्जस्थित होटल सोल्टीमा शाहसँग भेट गरेका थिए । भेटपछि आएको थापाको अभिव्यक्तिले पनि ज्ञानेन्द्र अझै राजसंस्था र हिन्दुराष्ट्र फर्काउने प्रयासमा छन् कि भन्ने आशंका गरिएको छ ।

तर संविधान जारी भएर प्रतिनिधीसभा र प्रदेशसभाकोसमेत चुनाव भइसकेको अवस्थामा पूर्व राजाको प्रयास सफल हुने सम्भावना छैन ।

राजसंस्था फर्काउने चलखेल जसले गरे पनि अब बाटो बन्द भएको स्पष्ट छ । यद्यपी अझै पनि राजावादीहरु ज्ञानेन्द्र पुगेको ठाउँमा गएर दर्शन गरिरहेको देख्न पाइन्छ ।

त्यति मात्रै होइन राजा आऊ देश बचाउँ भनेर नारासमेत लगाउने गरिएको छ । कतिपयले ज्ञानेन्द्रको खुट्टासमेत ढोग्छन् ।  विगतमा राजसंस्थाको जति नै महत्व भए पनि अब आम जनताले भने करिब करिब बिर्सिसकेको अवस्था छ ।

हिन्दु संस्था र राजसंस्था नआउने अवस्थामा पनि कतिपय जनता उनकै पक्षमा देखिनुले ज्ञानेन्द्रको मनमा केही आशा हुन सक्छ । तर त्यो आशा पालेर बस्नुको खासै अर्थ देखिदैन ।

बेलाबेलामा देश दौडाहामा जानु र मठ मन्दिरमा पुगेर पूजा अचृना गर्नु विगतमा राजा हुँदाको बानी मान्न पनि सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्