Logo

विज्ञको सिफारिशमा प्रदेश राजधानी तोक : जनमोर्चा



काठमाडौँ, २१ पुस (रासस) : राष्ट्रिय जनमोर्चा नेपालले विज्ञको सिफारिशमा मात्रै प्रदेशको राजधानी तोक्न सरकारलाई सुझाव दिएको छ । सरकारले अस्थायी राजधानी तोक्दा समस्या आउने, आन्दोलन, बन्दलगायतका गतिविधि हुने भएकाले विज्ञको सुझाव लिएर वैज्ञानिक विधिका आधारमा प्रदेश राजधानी तोक्न जनमोर्चाले आग्रह गरेको हो ।

प्रादेशिक राजधानीको प्रश्नलाई लिएर जिल्ला जिल्लामा अशान्तिको वातावरण बनेकामा ध्यानाकर्षण गराउँदै सो पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिनसमेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्