Logo

एफए कपको चौथो चरणमा लिभरपुल र म्यानचेस्टर युनाइटेड प्रवेश



काठमाडौं, २२ पुस । लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरण अन्तर्गत गएराति खेलमा एभर्टनलाई २–१ गोलले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । लिभरपुललाई जिताउन जेम्स मिल्नर र भर्जिल भान डेकले गोल गरे ।

यस्तै एभर्टनका लागि जिफी सिगुर्ड्सनले एक गोल फर्काए । लिभरपुल एभर्टनसँगका पछिल्ला १६ खेलमा अपराजित छ । यसमा ८ खेल जितेको छ भने ८ खेलमा बराबरी भएको छ ।

यसैगरी गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पनि डर्बी काउन्टीलाई २-० गोलले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ । म्यानचेस्टर युनाइटेडको जितमा जेसी लिङ्गार्ड र रामेलु लुकाकुले गोल गरे ।



प्रतिक्रिया दिनुहोस्