Logo

धनगढीमाई नगरपालिकाको बजेट रु ४६ करोड ३४ लाखभन्दा बढी



लहान, २२ पुस (रासस) : सिरहा धनगढीमाई नगरपालिकाले आव ०७४÷०७५ का लागि रु ४६ करोड ३४ लाख ८८ हजार बजेट बिनियोजन गरिएको छ ।

शुक्रबार सम्पन्न प्रथम नगर परिषद्ले पूँजीगत खर्चतर्फ रु २५ करोड २९ लाख ३१ हजार १११, चालुगत खर्चतर्फ रु छ करोड १० लाख २१ हजार र प्रत्येक वडालाई ५० लाख पर्ने गरी १४ वडास्तरीय कार्यक्रमका लागि रु सात करोड रकम विनियोजन गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिनुभयो ।

क्षेत्रगत बाँडफाँडअनुसार आर्थिक विकासतर्फ रु तीन करोड ९६ लाख ४९ हजार ४६, कृषि विकासतर्फ रु दुई करोड ७५ लाख ३९ हजार, सामाजिक विकासतर्फ रु तीन करोड ९१ लाख १६ हजार ४६१ र शिक्षातर्फ रु एक करोड ९५ हजार १४६ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी पूर्वाधार विकासतर्फ रु १५ करोड पाँच लाख ८७ हजार ६६५, वातावरण तथा व्यवस्थापतर्फ रु एक करोड १६ लाख ६५ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड एक लाख र अन्यत्र वर्गीकृत नभएको रु ६० लाख ८३ हजार ७०५ विनियोजन नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

नगरप्रमुख चौधरीका अनुसार, आव ०७४÷०७५ मा आयतर्फ नेपाल सरकारबाट प्राप्त वित्तीय सबलीकरण अनुदान रु २५ करोड ९६ लाख ६४ हजार, सशर्त अनुदान रु आठ करोड पाँच लाख ८० हजार, सामाजिक सुरक्षा कार्यक्रमबाट रु पाँच करोड ७१ लाख पाँच हजार, स्थानीय शासन तथा सामाजिक विकास कार्यक्रमबाट रु १३ लाख चार हजार र सडक बोर्डबाट रु २५ लाख गरी कुल रु ४६ करोड ३४ लाख ८८ हजार १५१ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्