Logo

जाजरकोटमा भाइरल ज्वरो र रुघाखोकी कारण ९ जनाको मृत्यु



जाजरकोट, २२ पुस । जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ ।

ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए । उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए ।

ज्वरो र रुघाँखोकी कारण जुनीचाँदे गाउँपालिका -२, मजकोटका ६५ वषर्ीया धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा, -३, का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही र ५ जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् ।



प्रतिक्रिया दिनुहोस्