Logo

शिक्षासेवी तथा पूर्व सभाषद् बाबुराम पोखरेलको उपचारका क्रममा निधन



२३ पुस, काठमाण्डौं । शिक्षासेवी तथा पूर्व सभाषद् डाक्टर बाबुराम पोखरेलको उपचारका क्रममा निधन भएको छ । पोखरेल अन्दाजी ६६ वर्षका रहेका थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।

हिसानका पूर्व उपाध्यक्ष तथा नीजि तथा आवासीय बिद्यालय अर्गनाईजेशन प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका पोखरेल बिगत लामो समयदेखि मुटुको रोगले ग्रस्थ थिए । पछिल्लो समय उपचारका लागि अमेरीकाको बोस्टनमा उपचार गराई रहेका पोखरेलको फोक्सोेमा समेत समस्या देखिएको थियो ।

पोखरेल गत नोभेम्बरमा नेपाल फर्किपछि पुनः स्वास्थ्यमा समस्या देखिएको थियो । पछि नर्भिक अस्पतालमा उपचारका लागि राखीएकोमा आईतवार बिहान डाक्टर पोखरेलको निधन भएको हो ।

पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए ।
पोखरेल भिएस निकेतन एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्